‘नुबई दरबार’ सार्वजनिक (भिडियोसहित)

पाेखरा | मंसिर २१, २०७९

‘नुबई दरबार’ सार्वजनिक (भिडियोसहित)

पोखरा:  गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

नविन गुरुङ कै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छिन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् ।

 

म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृस्टीगत गर्दै निर्माण भएको गुरुङले बताए । ‘लोप हुदैँ गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छु।’   

 

भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको  अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् ।

 

तमु धिं नेपालको प्राङ्गणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् ।  त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन बास्तोलाले क्यामरामा सघाएका छन् ।  

 

VIDEO LINK: https://www.youtube.com/watch?v=7AvjF67cQxw&t=118s

 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्